समाज

लेक लागेर जापानी नागरिकको मृत्यु

सोलुखुम्बु– सोलुखुम्बुमा लेक लागेर एकजना विदेशीको ज्यान गएको छ । खुम्बु–पासाङल्हामु गाउँपालिका–४ लबुचेमा जापानी नागरिक ४० वर्षीय कोजी क्वाजुङचीको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ।

लबुचेको न्यु इबिसी होटलमा बस्दै आएका उनको पासपोर्ट नम्बर १०७२२९३ रहेको छ। आइतबार बेलुका ७ बजेतिर क्वाजुङचीको मृत्यु भए पनि घटनाबारे सोमबार बिहानमात्र इलाका प्रहरी कार्यालय नाम्चेमा जानकारी प्राप्त भएको थियो।   
 

प्रकाशित: १५ फाल्गुन २०७४ ०१:४८ मंगलबार

लेक लागेर जापानी नागरिकको मृत्यु