समाज

जलेर घाइते बनेकी मनरुपाको उपचारको क्रममा मृत्यु

डोल्पा– आगोले जलेर गम्भीर घाइते तीन महिला मध्ये एकजनाको उपचारको क्रममा मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका ६ की ६५ वर्षीया पब्बु(मनरुपा) चलाउनेको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेजमा आइतबार राती मृत्यु भएको हो।

शनिबार अपराह्न ल्हाँ गाउँबाट आफ्नो घर फुल्चिङ्ग तर्फ आउदै गर्दा त्रिपुरासुन्दरी नगरपालिका ५ मा पर्ने कागुक्ताधारा भन्ने बनमा हिडिरहेको बेला चारैतीरबाट आएको आगोको ज्वालामा परेर वार्ड नं ६ की १६ वर्षीया प्रतिभा रोकाया, ६८ वर्षीया चाउरी चलाउनेसहित मनरुपा चलाउने गम्भीर घाइते भएका थिए। आगोले शरीरका लुगा, अनुहार र शरिरकै विभिन्न ठाउँमा जलेर गम्भीर घाइते तीनै जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालगञ्ज लगिएको थियो।

नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा पब्बु(मनरुपा) चलाउनेको गए राती मृत्यु भएको र बाँकी दुई जनाको अवस्था पनि गम्भीर भएकाले सम्भव नदेखिए पछि थप उपचारको लागि काठमाण्डौ लगिएको मृतकका आफन्त पौरख रोकायले जानकारी दिए।

प्रकाशित: १४ फाल्गुन २०७४ ०४:०५ सोमबार

जलेर घाइते बनेकी मनरुपाको उपचारको क्रममा मृत्यु