समाज

नागरिककर्मी ठाकुर सम्मानित

रौतहट – पत्रकारिताको माध्यमले समाजलाई उठाउन सहयोग गरेवापत मौलापुर नगरपालिकाले नागरिककर्मी मदन ठाकुरसहित चार संचारकर्मीलाई सम्मान गरेको छ। 

मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र साँसद प्रभु साहले मौलापुर नगरपालिकालाई साक्षर नगरपालिका बनाउने अभियानको शुभारम्भको अवसरमा नागरिककर्मी मदन ठाकुर, अग्रज पत्रकार संजय साह मित्र, संजयकुमार मिश्र र नेपाल पत्रकार महासंघ रौतहट शाखाका रविन्द्र साहलाई सम्मानित गरेका छन्।

कार्यक्रमको अवसरमा विभिन्न संस्कृतिकर्मी, शिक्षक तथा कलाकारहरुलाई पनि सम्मानित गरिएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ १५:५६ आइतबार

नागरिककर्मी ठाकुर सम्मानित