समाज

भिरबाट लडेर एकको मृत्यु

रुकुम – रुकुम(पूर्व)को भुमे गाउँपालिका ५ सेरावाङमा ४८ वर्षीय आशबहादुर कामीको मृत्यु भएको छ। पुथा उत्तरगंगा गाउँपालिका–१४, नाखामा रहेको आफन्तको घर जाने क्रममा उनी स्थानीय कामलोटे भिरबाट लडेको प्रहरीले जनाएको छ।

भिरबाट करिब तीन सय मिटर तल खसेका कामीको घटनास्थलमै मृत्यु भएको बताइएको छ। शनिवार मृत्यु भएका कामीको आइतवार गोठालो गएकाहरुले मृत अवस्थामा फेला पारेका थिए। उनको शव पोष्टपार्टमका लागि जिल्ला अस्पताल रुकुम (पश्चिम)मा ल्याईएको छ।

प्रकाशित: १३ फाल्गुन २०७४ १२:४१ आइतबार

भिरबाट लडेर एकको मृत्यु