समाज

ट्र्याक्टरबाट लडेर चालकको मृत्यु

उर्लाबारी – रंगेली नगरपालिका– १ स्थित बबियाविर्तामा ट्र्याक्टरबाट लडेर गए राति चालकको मृत्यु भएको छ। 

भित्री सडकखण्डमा को१त ७३९७ नंको ट्र्याक्टरका चालक मोरङ धनपालथान गाउँपालिका – ५ बस्ने ४५ वर्षीय अमरलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । मादक पदार्थ सेवन गरी ट्र्याक्टर चलाउँदै गरेको अवस्थामा ट्र्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर लैजाने क्रममा बाटामा नै मृत्यु भएको प्रहरीले जनाएको छ। 

यसैबीच कानेपोखरी गाउँपालिका–७ स्थित चिसाङ खोलाको पुल नजिकबाट प्रहरीले शुक्रबार साँझ लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। विशेष सुराकीका आधारमा अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको प्रहरीको टोलीले धनकुटा खाल्छा–छिन्ताङ गाउँपालिका– २ बस्ने १९ वर्षीय प्रवीण विक र २४ वर्षीय भोगेन्द्र राईलाई ३० किलो गाँजासहित पक्राउ गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए। 

प्रकाशित: १२ फाल्गुन २०७४ ०४:५९ शनिबार

ट्र्याक्टरबाट लडेर चालकको मृत्यु