समाज

रुकुममा प्रधानमन्त्रीको पुत्ला दहन

रुकुम – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्ला सदरमुकाम मुसीकोट खलंगामा शुक्रवार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले पत्ला जलाएको छ। खलंगाको मुख्यचाके तल्लो बजारमा माक्स लगाएर आएको दुई जना युवाले पुत्ला जलाई भागेका छन्।

प्रधानमन्त्री ओली सरकारको प्रहरी दमन र हस्तक्षेपको विरुद्ध पुत्ला जलाइएको बताइएको छ। भारतीय दलाल भएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन्। नेकपा माओवादी जिन्दावाद र केपी ओली सरकार मुर्दावाद भन्ने नारा लगाएका थिए। जनतालाई दमन र अत्याचार गरेको उनीहरुको आरोप छ। सरकारले केही दिनअघि विराटनगरबाट नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, पीबिएम पदम राई लगायत दर्जनौं नेता कार्यकर्तालाई पक्राउ गरेको थियो।

उनीहरुलाई पक्राउ गरेपछि नेकपा सरकारी विरुद्ध विभिन्न खाले कार्यक्रम गर्दै आएको छ। बुधवार सरकार विरुद्ध कोण सभा भएको थियो भने विहीवार अन्तरक्रिया कार्यक्रम नेकपाले गरेको थियो।

प्रकाशित: ११ फाल्गुन २०७४ ११:४८ शुक्रबार

रुकुममा प्रधानमन्त्रीको पुत्ला दहन