समाज

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक

काठमाडौ – नेकपा एमालेका अध्यक्ष  तथा प्रधानमन्त्री केपी शर्मा ओलीको  ६७ औ जन्मदिनको अवसरका प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ।

एमाले स्थायी कमिटीको बैठक सुरू अगाडि नै प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको हो। उनको जन्मदिनको अवसरमा चीन र भारतका राजदूतले प्रधानमन्त्री निवास बालुवाटारमा नै पुगेर जन्मदिनको शुभकामना दिएका थिए ।एमाले स्थायी कमिटीको बैठकका लागि उपस्थित भएका सम्पूर्ण एमाले कार्यकर्ताहरूले ओलीलाई सामूहिक रूपमा नै जन्मदिनको शुभकामना दिएका थिए ।

प्रकाशित: ११ फाल्गुन २०७४ ०७:३० शुक्रबार

६७ औं जन्मदिनमा प्रधानमन्त्री ओलीले काटे केक