समाज

इनारमा खसेकी महिलाको सकुशल उद्धार, पाटन अस्पतालमा उपचार हुँदै (अपडेट)

ललितपुरको  इमाडोलस्थित इनारमा खसेकी महिलाको सकुशल उद्धार गरिएको छ।

महिलाको करिब साढे दुई घण्टापछि उद्धार गरिएको सातदोबाटो प्रहरी वृत्तका प्रमुख डिएसपी उमेश जोशीले जानकारी दिए।

अहिले उनको पाटन अस्पतालमा उपचार भइरहेको जोशीले बताए। उनले भने, 'उनको उद्धार गरी पाटन अस्पताल लगिएको छ। उहाँ बोल्न सक्ने अवस्थामा हुनुहुन्छ। उहाँको हातखुट्टामा चोट लागेको हुनसक्छ।'

दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान आज बिहान इनारमा खसेकी हुन। बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी थिइन्। 

स्थानिय प्रहरी टोलीले उद्दार गर्न नसकेपछि विपतको उद्दार टोली  घटनास्थल पुगेकाे थियाे।  

प्रकाशित: १ माघ २०८० ०७:३८ सोमबार

इनारमा खसेकी महिलाको सकुशल उद्धार