समाज

इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार प्रयास जारी

ललितपुरको इमाडोलमा इनारमा खसेकी महिलाको उद्धार प्रयास जारी छ। दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ बर्सिया न्युटन प्रधान इनारमा खसकी र उनेको उद्धार प्रयास भइरहेको ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले नागरिकन्युजलाइ जानकारी दिएका छन्।

बिहान लुगा सुकाउने क्रममा उनी इनारमाथि चढेकी थिइन्। इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारभित्र खसेकी प्रहरीले जनाएको छ। उद्धारका लागि सातदोबाटो प्रहरी कार्यालयका डिएसपी उमेश जोशी नेतृत्वको टोली खटिएको छ।

प्रकाशित: १ माघ २०८० ०५:४२ सोमबार

इनारमा खसेकी महिलाको उद्धार प्रयास इनारलाई छोपेको स्लाब