समाज

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक

बारा – भारतीय नागरिकको घाटी रेटी हत्या गरेको अभियोगमा दुई जना भारतीय नागरिकहरुलाई नै प्रहरीले पक्राउ गरेको छ।

भारत विहार रक्सौल नगरपालिका १० काली मन्दिरका मनिष कुमार नारायणको हत्यामा संलग्न दुई भारतीय विहार पन्टोकाका सन्तोष गुप्ता र भारत विहार सहदेवाका राहुल पटेललाई विहीबार बारा प्रहरीले सार्वजनिक गरेको हो। 

फागुन ३ गते परवानीपुर गाउपालिका ५ को नहरमा घाटी रेटी हत्या गरेको अवस्थामा रक्सौल निवासी मृत्यक नारायणकको शव फेला परेको थियो। 

मृत्यक मनिष कुमार नारायणलाई फागुन ३ गते भारत रक्सौल स्थित घरबाट वीरगंज चण्डाल चौकमा ल्याएर अत्यधिक मदिरा सेवन गराई राति करीब ९ बजे त्यसको हत्या गरिएको अनुसन्धानबाट खुलेको बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए।

अत्यधिक मदिरा सेवन गरेर हिडडुल गर्न नसकिने अवस्था आएपछि उनलाई दुबै जनाले आफना अन्य सहयोगीको मद्दतमा ना २ ह ११० नम्बरको इ रिक्शामा चढाएर पर्सा, वीरगन्जको चण्डाल चौकबाट परवानीपुरसम्म ल्याएर हत्या गरेको एसपी बैदवारले बताए। हत्यामा प्रयोग भएको ई रिक्सालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

केटी र व्यापार विवादमा नारायणको भारत बिहारको रक्सौलबाट बारामा ल्याएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको  छ।

घटनापछि प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरी हत्यामा संलग्न अन्यको खोजी गरिरहेको प्रहरी निरीक्षक दिपक साहले बताए। 

प्रकाशित: १० फाल्गुन २०७४ १३:०९ बिहीबार

भारतीय नागरिकको हत्यामा संलग्न दुई अभियुक्त सार्वजनिक