समाज

भूकम्पले भत्किएको विद्यालय जापानले बनाइदिने

काठमाडौं- महाभूकम्प पछि क्षती पुगेको गोरखाको सरस्वती शान्ति विद्यालयको भवन जापानले बनाइदिने भएको छ। आरुपोखरीमा रहेको विद्यालयको भवन भूकम्पले क्षती पुर्याएको थियो।

जापानी दूतावासको जीजीपी कार्यक्रम अन्तर्गत उक्त विद्यालयको पुननिर्माणको काम हुने राजदूत मसाई गोवुवाले बताए। जस अन्तर्गत ८ वटा कक्षाकोठा भएको भवन निर्माण हुने छ। उक्त विद्यालयमा १ सय १७ विद्यार्थी अध्ययनरत छन्। सन् २०११ मा स्थापना भएको विद्यालयमा अंग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर अधिकारीले जापनको सहयोगले शैक्षिक क्षेत्रमा मदत मिलेको बताए। विद्यालयले द्वन्द पीडित तथा सिमान्तकृत विद्यार्थीहरु प्राथमिकता दिँदै आएको छ।

प्रकाशित: १० फाल्गुन २०७४ १२:२४ बिहीबार

भूकम्पले भत्किएको विद्यालय जापानले बनाइदिने