समाज

ब्रेक फेलले दुईको ज्यान गयो

बागलुङको बुर्तिबाङ बजारबाट शनिबार बिहान ढोरपाटन उपत्यका गइरहेको जिप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। दुर्घटनामा नौजना घाइते भएका छन्। तीमध्ये तीनजनाको अवस्था गम्भीर छ।  

दुर्घटनामा मृत्यु हुनेमा चालक समेत रहेका ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र  चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय संगीता अधिकारी छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

घाइतेमध्ये ६ जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। गम्भीर घाइते लक्ष्मी गैरै, जोगनारायण गैरे र निरुता गैरेलाई थप उपचारका लागि हेलिकप्टरमार्फत मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको छ। ‘ब्रेक फेल’ भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रकाशित: २८ पुस २०८० १५:४८ शनिबार

ब्रेक फेलले दुईको ज्यान गयो