समाज

सेनाद्वारा बम डिस्पोज

स्याङजा – स्याङजाको पुतलीबजार नगरपालिका–३ लत्रेपिपलमा भेटिएको शंकास्पद बस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ। उक्त शंकास्पद बस्तु सुतली बम भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जनाकारी दिए।

भाटखोला टक्सार सडकखण्डको भित्रि सडकमा मंगलबार साँझ करिब ८ बजे शंकास्पद बस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी टोलीले उक्त शंकास्पद बस्तु बम हुन सक्ने भन्दै डिस्पोजको लागि आर्मीको डिस्पोजल टोली पोखरालाई खबर गरेको थियो। तर, पोखराबाट डिस्पोजल टोलीले बुधबार बिहान मात्र आएको थियो। ढिला गरी पुगेको सेनाको बम डिस्पोजल टोलीले करिब बिहान १० बजेतिर मात्र बम डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। 

 

प्रकाशित: ९ फाल्गुन २०७४ १३:१४ बुधबार

सेनाद्वारा बम डिस्पोज