समाज

मुगुमा विप्लव बन्दको प्रभाव

मुगु – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दले मुगुको जनजीवन प्रभावित भएको छ। 

बन्दका कारण जिल्लाका सबै सामुदायिक विद्यालय, संस्थागत विद्यालयमा बन्द भएका छन्। सदरमुकाम गमगढीमा रहेका तिनवटा निजी र एउटा सामुदायिक विद्यालयमा दश बजे अघि नै पुगेका विद्यार्थीहरु विद्यालय नखुलेपछि घर फर्किएका थिए। सदरमुकाम गमगढी बजारका पसल, होटेल भने खुला छन्। जिल्लामा बन्दको आशिंक प्रभाव देखिएको छ।

विप्लवका कार्यकर्ता सदरमुकाममा नदेखिए पनि ग्रामीण क्षेत्रमा उनीहरुले वर्तमान स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार आफुलाई मान्य नहुने भएकाले स्थानीय सरकारले उठाउने सबै प्रकारका कर नतिर्न सर्वसाधारणलाई भन्ने गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७४ ०९:२७ मंगलबार

मुगुमा विप्लव बन्दको प्रभाव