समाज

शंकास्पद वस्तु फेला


बाजुरा- बूढीगंगा नगरपालिकाको बार्जुगाड पुलमा आज शंकास्पद बस्तु फेला गरेको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार साफे मार्तडी सडकखण्डअन्तर्गत बार्जुगाड पुलमा बोराले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद वस्तु फेला परेको हो ।उनले भने –“नेपाली सेनाको टोली बम निष्क्रिय पार्न जाँदैछ।” उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही खुल्न सकेको छैैन। रासस

प्रकाशित: ८ फाल्गुन २०७४ ०६:१३ मंगलबार

शंकास्पद वस्तु फेला