समाज

तपस्वी बम्जनको मुद्दामा बयान सकियो, आदेश केहिबेरमा आउने

तपस्वी रामबहादुर बम्जनको मुद्दामा बहस सकिएको छ। बिहीबार जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासमा भएको थुनछेक बहस सकिएको हो।

बिहीबार सात जना वकिलहरूले बहस गरेका छन्। प्रतिवादी बमजनका तर्फबाट पाँच जना र वादीको तर्फबाट दुई जना सरकारी वकिलले बहस गरेका हुन्। 

आज भएको बहसमा पीडित पक्षका कानुन व्यवसायीले बम्जनलाई बढी भन्दा बढी सजाएको माग गरेका छन्। उनीहरुले बम्जनलाई १४ वर्षदेखि १६ वर्षसम्मको जेल सजाय, ५ लाख जरिवाना र पीडितलाई क्षतिपूर्तिको माग गरेका छन्।

बमजनले १८ वर्षकी किशोरीलाई बालयौन दुरूपयोग गरेको मुद्दामा सुनुवाइ भइरहेको हो।

प्रकाशित: २६ पुस २०८० ११:५२ बिहीबार