समाज

थारु महोत्सव दुई दिन

थारु समुदायले काठमाडौँको टुँडिखेलमा पुस २९ गते र माघ १ गते माघी महोत्सव गर्ने भएको छ।

थारू राष्ट्रिय माघी महोत्सव, मूल आयोजक समितिले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै टुँडिखेलमा दुई दिन माघी महोत्सव गर्ने जनाएको हो।

महोत्सव, मूल आयोजक समितिका संयोजक प्रेमिलाल चौधरीले भने, ‘२०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउँदै आएका छौ। थारु समुदायको नयाँ वर्ष भएकाले थारु भाषा, संस्कृति र जनचेतनाको लागि दुई दिन महोत्सव मनाउने निर्णय गरेका हौ।’

थारु संस्कृतिको संरक्षण, संवर्द्धन र प्रवर्द्धनमा हाम्रो अभियान, समानुपातिक समावेशी पहुँचका लागि सम्पूर्णमा आह्वान भन्ने नारासहित माघी पर्व मनाउन लागिएको थारु राष्ट्रिय माघी महोत्सव, २०८० का संयोजक चौधरीले जानकारी दिए।

महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नेछन्।

प्रकाशित: २६ पुस २०८० ११:१९ बिहीबार

माघी महोत्सव