समाज

लागु औषधसहित एक पक्राउ

लागु औषध ब्राउन सुगरसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

बढैयाताल गाउँपालिका–२ फुटाहा चेक पोष्ट स्थितबाट प्रहरीले लागु औषध ब्राउन सुगरसहित बुधबार एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला दाङ तुल्सीपुर उप–महानगरपालिका–६ स्थायी घर भई हाल जिल्ला बाँके कोहलपुर नगरपालिका–३ मदनचोक बस्ने २२ वर्षीय महेश परियार रहेका छन्। 

भारतको बलैगाउँ बजारबाट नेपाल तर्फ भे ९ प ५३४९ नम्बरको पल्सर मोटरसाइकलमा सवार भई शङ्कास्पद रुपमा आउँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई चेक जाँच गर्दा परियारको साथबाट लागु औषध ब्राउन सुगर फेला परेको जनाइएको छ।

प्रहरीका अनुसार परियारको साथबाट २ ग्राम ५ सय १० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला परेको छ। परियारलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए।

प्रकाशित: २६ पुस २०८० १०:२८ बिहीबार