समाज

जोत्ने क्रममा एकको मृत्यु

पाल्पा- हाते ट्रयाक्टरले जोत्ने क्रममा एक जनाको मृत्यु भएको छ। निस्दी गाउँपालिका–५ गेजाका कुलबहादुर सारुले आफ्नै बारी जोत्ने क्रममा खुट्टामा चोट लागेको थियो। उनको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।       

शनिबार बिहान ८ बजे बारी जोत्ने क्रममा घाईते भएका २९ वर्षीय सारुको आईतबार राती मृत्यु भएको हो। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याईएको छ । खुट्टामा गहिरो चोट लागेका सारुको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको बताईएको छ।

      

प्रकाशित: ७ फाल्गुन २०७४ ०८:३८ सोमबार

जोत्ने क्रममा एकको मृत्यु