समाज

मोटरसाइकलले थिचेर एक महिलाको मृत्यु

क्याप्शन

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसे फनभ्यालीनजिक खोल्सामा मोटरसाइकलले थिचिएर मृत्यु भएको अवस्थामा महिला फेला परेकी छन्।

प्रदेश २–०३–०१९ प १०५८ नम्बरको बुलेट मोटरसाइकल सूर्यविनायक नगरपालिका ९ पलाँसेमा साँगाबाट जगातीतर्फ आउने बाटोको साइडमा हाइवेबाट अन्दाजी ३० फिट तल खसेको थियो। दुवै पांग्रा माथितिर फर्किरहेको मोटरसाइकलले महिलालाई थिचिराखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा मृतक महिला नवलपरासी कावासोती घर भई काठमाडौं कोटेश्वर बस्ने ममता सुवेदी रहेको बुझिएको भक्तपुर प्रहरी परिसरले जनाएको छ। प्रहरीका अनुसार लास मुचुल्कापश्चात् पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट लगिएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ पुस २०८० ०६:२० बिहीबार

ममता सुवेदी मृत भक्तपुर पलाँसे मोटरसाइकल