समाज

यातायात विभागमा अख्तियारको टोली

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली फर्जी लाइसेन्स छानबिनका लागि यातायात व्यवस्था विभागमा पुगेको छ।

विभागमा आइटी शाखाका कर्मचारीहरूसँग सबै विवरण मागेको छ। एक लाख बढी सवारी चालक अनुमति पत्र अवैध रुपमा जारी भएको र त्यसमा विभाग आफैले अनुसन्धान गरी अख्तियारमा बुझाएपछि बुधबार छानबिनका लागि विभागको कार्यालय पुगेको हो।

बुधबार अपराह्न मीनभवनस्थित विभागको कार्यालयमा अख्तियारको टोली पुगेपछि सूचना प्रविधि शाखाले त्यहाँको सबै विवरण र प्रकृया बारे जानकारी दिई २०७२ सालपछि कम्प्युटरमा इन्टी भएको विवरण प्रिन्ट गरिसेको छ। सो विवरण विहिबार अख्तियारलाई बुझाउने विभागका एक उच्च कर्मचारीले जानकारी दिए। 

प्रकाशित: २५ पुस २०८० ११:४४ बुधबार

यातायात विभाग