समाज

काठमाडौँबाट धनगढीका लागि उडेका दुई जहाज सूर्खेतमा अवतरण

फाइल तस्बिर

काठमाडौँबाट धनगढीका लागि उडेको बुद्ध र श्री एयरलाइन्स सूर्खेत डाइर्भट भएका छन्।

नागरिक उड्डयन प्राधिकरण सूर्खेतका प्रमुख राज ढुङगेलका अनुसार बुद्ध एयरको २५१ र श्री एयरको २२१ जहाज सूर्खेत विमानस्थलमा अवतरण गरेका हुन्।

बुद्ध एयरको जहाज बिहान ११ः २५ मा र श्री एयरको जहाज ११ः३५ मा सूर्खेत विमानस्थलमा अवतरण गरेका हुन।

धनगढीको भिजिबिलिटी कम भएपछि ती विमान सूर्खेत विमानस्थलमा अवतरण गरेका हुन्।

सूर्खेत डाइभर्ट भएकामध्ये श्री एयर लाइन्सको जहाज काठमाडौं फर्किने तयारी गरिरहेको छ भने बुद्घ एयरले अहिलेसम्म कुनै निर्णय गरेको छैन्।

प्रकाशित: २५ पुस २०८० ०७:०८ बुधबार

श्री एयरलाइन्स काठमाडौँ धनगढी बुद्ध सूर्खेत विमानस्थल सूर्खेत डाइर्भट