समाज

धन्न जोगियो मेरी क्युरीकाे पेरिसस्थित प्रयोगशाला

हालसम्म नोबेल पुरस्कार दुईपटक जित्ने चारजना वैज्ञानिक मात्र छन्। तीमध्ये एक मेरी क्युरी हुन्। उनको पेरिसस्थित घर भत्काउन डोजर चल्दाचल्दै रोकिन पुग्यो। त्यो पनि सामाजिक सञ्जाल एक्समा अभियानका कारण।

मेरी क्युरीले जीवनका महत्वपूर्ण खोज गरेको पेरिसस्थित यो प्रयोगशाला भत्काउन गत सेप्टेम्बरमा नै महानगरले सूचना जारी गरेको थियो। त्यसतर्फ कसैले पनि ध्यान दिएका थिएनन् तर जब घर भत्काउन डोजर नै पुग्यो, नजिकै बस्ने बेप्टिस्ट गियानेसेली एक्सले हल्ला गरे।

यो घर मेरीको प्रयोगशाला थियो, जसलाई पेभिलियन डेस सोर्सेस नाम राखिएको थियो। यो भवन अब नभत्कने भएको छ। क्युरी इन्स्टिच्युटको भागमा परेको यो घर कसरी जोगाउने, यसलाई ढल्न नदिन के उपाय लगाउने भनी छलफल चलाइँदै छ। गियानेसेलीले एक्समा हल्ला नगरेको भए यतिञ्जेल्म त्यो घर धूलीसात भइसक्ने थियो।

यो घरमा सन् १९३४ सम्म बसेर विभिन्न वैज्ञानिक प्रयोगहरू गरेकी क्युरीको ल्युकेमिकायाका कारण ६६ वर्षको उमेरमा निधन भएको थियो। त्यो बेला रेडिएसन र एक्स रेको घातकता थाहा नहुँदा उनको मृत्यु भएको थियो।

सन् २०२० सम्म पनि रेडिएसन देखिएपछि प्रयोगशालाको केही भाग नष्ट गरिएको थियो।

प्रकाशित: २५ पुस २०८० ०४:२३ बुधबार

नोबेल पुरस्कार विजेता मेरी क्युरी अभियान डोजर पेरिसस्थित प्रयोगशाला