समाज

डा.गोविन्द केसी माइतीघरबाट पक्राउ

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा.गोविन्द केसीसहित केही व्यक्तिलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको छ।

मङ्गलवार दिउँसो डा.गोविन्द केसी र अर्का अभियन्ता पवन थापालाई प्रहरीले माइतीघर मण्डलबाट पक्राउ गरेको हो। अहिले उनीहरुलाई प्रहरीले सिंहदरबारमा राखेको छ।

स्वास्थ्य शिक्षामा सुधार तथा पहुँचको माग राख्दै लामो समयदेखि अनशन तथा प्रदर्शन गर्दै आएका डा.केसीलाई प्रहरीले भने निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि पक्राउ गरेको हो।

‘हामीले शान्तिपूर्ण माग प्रदर्शन गरेका हौ, प्रहरीले पक्राउ गरी सिंहदरबार प्रहरी वृत्तमा ल्याउनु भएको छ’ डा. केसीसंगैका अभियन्ता पवन थापाले भने।

डा.केसी र थापाले माइतीघरलाई निषेधित क्षेत्र बनाउन नहुने, नागरिकले आफ्नो समस्या भन्न र सुनाउन पाउनु पर्ने माग सहित प्रदर्शन गरेका थिए। प्रहरीले भने त्यो क्षेत्रलाई करिब एक महिनादेखि निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

प्रकाशित: २४ पुस २०८० ०८:३० मंगलबार

अभियन्ता डा.गोविन्द केसी