समाज

नागरिककर्मी घिमिरे सम्मानित

नागरिक दैनिकका बर्दिया संवाददाता निर्मल घिमिरे सम्मानित हुँदै ।

बर्दिया– प्रथम मेयर कप क्रिक्रेट प्रतियोगितामा पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएबापत नागरिक दैनिकका संवाददाता निर्मल घिमिरे सम्मानित भएका छन् । गुलरियामा सञ्चालित प्रथम मेयर कपको शुक्रबार आयोजित समापनमा संवाददाता घिमिरे सम्मानित भएका हुन् ।

८ दिनसम्म सञ्चालित मेयर कपको समापनमा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले प्रमाणपत्रसहित खादा ओढाएर घिमिरेलाई सम्मानित गरेका थिए । जिल्ला क्रिक्रेट संघको आयोजनामा माघ २५ गतेबाट गुलरियाको कर्भड हलमा प्रथम मेयर कप सञ्चालन भएको हो । कार्यक्रममा अन्नपूर्ण दैनिकका संवाददाता यादव आचार्य र एभिन्युजकर्मी दुर्गा आचार्य पनि सम्मानित भएका छन् ।
 

प्रकाशित: ५ फाल्गुन २०७४ ०१:२८ शनिबार

नागरिककर्मी घिमिरे सम्मानित