समाज

स्काभेटर दुर्घटनामा चालकको मृत्यु

बैतडी – बैतडीको पुर्चौडी नगरपालिका–४, कुवाकोटमा स्काइभेटर  दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

बित्थडबाट कुवाकोट जादै गरेको स्काइभेटर शुक्रबार ३ बजे दुर्घटना हुँदा भिमदत्त नगरपालिका, कन्चनपुरका ३८ वर्षीय चालक  दानबहादुर रावतको मृत्यु भएको पाटन इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर क्षेत्रीले बताए।

कुवाकोट–हाट सडक खन्न जादै गरेको स्काइभेटर कुवाकोटको गहताडीगाड नजिक दुर्घटना हुँदा घाइते  भएका चालकलाई उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। 

घटनास्थलमा प्रहरी पुग्न नसकेकाले थप जानकारी आउन नसकेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए।

प्रकाशित: ४ फाल्गुन २०७४ १३:०६ शुक्रबार

स्काभेटर दुर्घटनामा चालकको मृत्यु