समाज

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण

काठमाडौं – जापान सरकारले नेपाल क्यान्सर अस्पताललाई करिब ८६ लाख रुपैयाँ बराबरको उपकरण दिने भएको छ। 

शुक्रबार जापानी राजदूत मासासी ओगावा र इन्टरनेशनल कन्सर्न सेन्टरका अध्यक्ष डा. अन्जान शाक्यबीच सम्झौतापत्रमा हस्ताक्षर भयो। हस्ताक्षरपत्रमा अल्ट्रासाउण्ड इको कार्डियोग्राफी, इआरसीपी, ब्रोन्कोस्कोपी मेसिशनलगायतका उपकरण दिने उल्लेख छ। 

राजदूत ओगावाले ‘जापानी दूतावासको यो सहयोगले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेण्टरलाई अझ धेरै विरामीलाई उपचारमा सहज होस भन्ने आशा लिएको बताए। उनका अनुसार दूतावासले करिब ८६ लाख बराबरको उपकरण सहयोग गरेको छ।

कार्यक्रममा आइसीसीका अध्यक्ष डा. शाक्यले अस्पतालले गरिब निमुखा विरामीहरुका लागि अझै बढी काम गर्न सक्ने विश्वास लिइन्।

अस्पतालका कार्यकारी अध्यक्ष तथा क्यान्सर रोगका विशेषज्ञ डा. सुदिप श्रेष्ठले दूतावासको सहयोगको प्रशंसा गर्दै  क्यान्सर रोगीको थप उपचारका लागि सहयोग पुग्ने बताए।

प्रकाशित: ४ फाल्गुन २०७४ ११:५० शुक्रबार

क्यान्सर अस्पताललाई जापानको ८६ लाखका उपकरण