समाज

ट्रक दुर्घटनामा तीनको मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–६ बोर्डरलाइनमा आज बिहान ट्रक दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। 

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको बा ४ ख २८१२ नंको आइचर ट्रक अरनिको राजमार्गबाट ५० मिटर तल भोटेकोशी नदीमा खसी दुर्घटना भएको हो। 

दुर्घटनामा परी बाह्रबिसे नगरपालिका–८, मानेस्वराका ३५ वर्षीय चालक शेखर अधिकारी, सोही स्थानका ४० वर्षीय सुब्बा अधिकारी र २० वर्षीय कमल अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले जानकारी दिए। 

प्रकाशित: ४ फाल्गुन २०७४ ०५:१५ शुक्रबार

ट्रक दुर्घटनामा तीनको मृत्यु