समाज

फर्किए भारतीय सेनाध्यक्ष रावत

काठमाडौं – भारतीय सेनाध्यक्ष विपित रावत ३ दिने नेपाल भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी हेमन्तराज कुँवरले बिदाई गरे।

प्रधानसेनापति राजेन्द्र क्षत्रीको निमन्त्रणामा रावत माघ २९ गते काठमाडौं आएको सैनिक जनसम्पर्क निर्देनशनालयले जनाएको छ।

नेपाल एकीकरणको २५० वर्षगाँठ मनाउने क्रममा मंगलबार सैनिक मञ्च टुँडिखेलमा आयोजित ‘सेना दिवस २०७४’ को कार्यक्रममा विशेष अतिथिको रुपमा सहभागी हुन काठमाडौं आएका रावतले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानसेनापतिसँग छुट्टा–छुटै भेटवार्ता गरेका थिए। साथै नेपालका केही महत्वपूर्ण धार्मिक स्थलहरुको समेत भ्रमण गरेको बताइएको छ।

प्रकाशित: २ फाल्गुन २०७४ ११:०० बुधबार

फर्किए भारतीय सेनाध्यक्ष रावत