समाज

भ्यालेन्टाइनमा २ लाखले राख्छन् प्रेम प्रस्ताव

काठमाडौं – भ्यालेन्टाइन डेमा विश्वका करिब २ लाख मानिसहरूले प्रेमी प्रेमिकाहरूलाई बिहेका लागि प्रस्ताव गर्छन् । यस दिन मात्रै विश्वमा करिब १अर्ब शुभकामना कार्डहरू बिक्री हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस प्रेम जोडीहरूको एक महत्वपूर्ण दिवस हो । नयाँ प्रेम जोडी बनाउन चाहने तथा प्रेम प्रस्ताव राख्ने युवायुवतीहरूका लागि समेत यो दिनलाई एक महत्वपूर्ण साइतको रूपमा लिइँदै आएको छ।

पश्चिमा संस्कृतिको प्रभावका कारण नेपालमा पनि फ्रेबुअरी १४ लाई प्रेम दिवसका रूपमा मनाउने प्रचलन बढ्दै गएको छ । भ्यालेन्टाइन डेसँग सम्बन्धित विभिन्न इतिहास तथा तथ्यहरु भेटिन्छन् ।सबैभन्दा बढी शुभकामना कार्ड बिक्री हुने दिन त्रिसमस् हो भने दोस्रो दिन भ्यालेन्टाइन डे हो ।अमेरिकामा मात्रै भ्यालेन्टाइन डेको दिन १ अर्ब अमेरिकी डलर बराबरको चकलेट तथा मिठाई बिक्री हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ ।

कतिपय प्रेम जोडीहरू यस दिन वैवाहिक बन्धनमा बाँधिएर यस दिनलाई अविस्मरणीय दिनका रूपमा मनाउँछन् । अन्र्तराष्ट्रिय सञ्चार माध्यम डेली मेलका अनुसार यस दिनको अवसरमा  गरिएको  अधिंकाश विवाह सम्बन्ध विच्छेदमा टुङ्गिएको एक अनुसन्धानबाट पत्ता लागेको छ ।

मेलबर्न विश्वविद्यालयले गरेको उक्त अनुसन्धानले  फ्रेबुअरी १४ का दिन गरिएको विवाह टिकाउ नहुने बताइएको हो ।करिब दश लाख जोडीहरूमा आधारित् भएर गरिएको उक्त अनुसन्धान अनुसार यस दिन वैवाहिक बन्धनमा बाँधिएका करिब ४५ प्रतिशत भन्दा कम जोडीले मात्रै उनीहरूको तेस्रो वैवाहिक वार्षिक उत्सव मनाउने सौभाग्य पाउँछन् । 

एजेन्सीकाे सहयाेगमा

 

प्रकाशित: २ फाल्गुन २०७४ ०६:०९ बुधबार

भ्यालेन्टाइनमा लाखले राख्छन् प्रेम प्रस्ताव