शिवरात्रीको अवसरमा उखुको खपत निकै बढेको छ । व्यवसायीका अनुसार शिवरात्रीको लागि पोखरामा करिब १ करोड रुपैयाँ बराबरको उखु भित्रिएको छ । झापा, धादिङ, गोरखा, लमजुङ, सुनसरी, चितवनबाट कास्कीमा उखु भित्रिएको छ । शिवरात्रीको बेलुकी धुनी बालेर उखु पोल्ने चलन छ ।