समाज

एनसेल टावरमा बम प्रहार


रोल्पा– जनयुद्ध दिवसको पुर्व सन्ध्यामा माडि गाउँपालिकाको कोर्चावाङमा रहेको एनसेल टावरमा बम प्रहार भएको छ। बम प्रहारबाट टावर संचालनका लागि ब्याट्री लगायतका सामग्री राखिएको स्थान ध्वस्त भएको छ।

घटनाको कुनैपनि समूहले जिम्मा लिएका छैनन्। घटनामा आफ्नो पार्टीको संलग्नता रहेको हुनसक्ने बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक जिल्ला स्तरीय कार्यकर्ताले दाबी गरेका छन्। उनले भनेका छन्,  ‘रोल्पा, प्युठान, सल्यान मध्ये एक ठाउँमा हान्ने कुरो थियो, रोल्पा परेछ ।’क्षतिको पुरा विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुर्दशन पन्थीले बताए।बम प्रहारबाट क्षति पुगे पनि  टावरले काम गरिरहेको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए।

प्रकाशित: १ फाल्गुन २०७४ ०५:२२ मंगलबार

एनसेल टावरमा बम प्रहार