समाज

गाँजासहित एकजना विराटनगरबाट पक्राउ

लागुऔषध गाँजासहित प्रहरीले विराटनगरबाट एकजनालाई बिहीबार बिहान पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका १८ का १९ वर्षीय नन्दु यादव (कृष्ण) लाई लागुऔषध गाँजा ओसारपसार गरेको आशंकामा पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। उनका अनुसार ४५ किलोग्राम गाँजासहित पक्राउ परेका हुन्।

भारततर्फ लैजानका खेतमा भण्डारण गरेर राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक विजय बस्नेत नेतृत्वको टोलीले लागूऔषध गाँजा बरामद गरेको हो। विराटनगर १८ झटियाईस्थित मुसहरी टोलको नयाँ बस्तीबाट गाँजा बरामद भएको हो।

प्लास्टिकमा प्याक गरी खेतमा परालले छोपेर राखेको बेवारिसे अवस्थामा गाँजा फेला परेको थियो। खेतमा गाँजा लुकाएर राखेको आशंकामा यादवलाई पक्राउ गरिएको हो। बरामद भएको गाँजा र पक्राउ परेका यादवलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १९ पुस २०८० ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App