समाज

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित पक्राउ

स्रोत नखुलेको २१ लाखभन्दा बढी रकमसहित सुनसरी भोक्राहा नरसिंहबाट एकजना युवा पक्राउ परेका छन्।

बुधबार कोशी गाउँपालिका वडा नं ३ का वीरेन्द्रकुमार राउतलाई २१ लाख ५७ हजार नौ सय ३५ रुपैयाँसहित भोक्राहा नरसिंह  ६ फुलचोकबाट सशस्त्र प्रहरी नेपाल नं १ वाहिनी पकली सुनसरीको टोलीले पक्राउ गरेको हो।

राउत प्रदेश १(०२(०५३ प १९५६ नम्बरको मोटरसाइकलमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको अवस्थामा चेकजाँच गर्दा सो रकम फेला परेको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितद्वारा सूचनामा उल्लेख छ। बरामद गरिएको रकम र राउतलाई छानबिन तथा कारबाही गर्न राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जिम्मा लगाइएको छ।

प्रकाशित: १९ पुस २०८० ०६:३६ बिहीबार

२१ लाखभन्दा बढी रकम पक्राउ वीरेन्द्रकुमार राउत