समाज

जवर्जस्ती करणी उद्योगमा एक पक्राउ

पर्वत- एक महिलालाई जवर्जस्ती करणी उद्योग अपराधमा यहाँ एक जना पक्राउ पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी एक महिलामाथि जवर्जस्ती गर्ने फलेबास नगरपालिका वडा नम्बर ६ का ३६ बर्षिय सुन्दरप्रसाद श्रेष्ठ पक्राउ परेका हुन्।

उनले कुश्मा नगरपालिका वडा नम्बर १० कुर्घास्थित एक महिलालाई जवर्जस्ती गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। स्थानीयले देखेपछि श्रेष्ठ फरार भएका थिए । घटना गत बुधबार साँझ भएपनि प्रहरीले श्रेष्ठलाई कुश्माबजारबाट पक्राउ गरेपछि मात्रै सार्वजनिक गरेको हो।

प्रहरीले प्रारम्भिक अनुसन्धानगरी जवर्जस्ती करणी उद्योग गरेको अभियोगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिए । ‘पक्राउपछि मुद्दा दर्ता गरेर थप अनुसन्धान थालेका छौ’ प्रहरी निरीक्षक पौडेलले भने।

 

प्रकाशित: २९ माघ २०७४ ०८:२० सोमबार

जवर्जस्ती करणी उद्योगमा पक्राउ