समाज

धुलो रोक्न बाटो छेकेको ! (तस्बिर र भिडियोसहित)

सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक

काठमाडौं– एकातिर कलंकी चोकमा अण्डर पासको निर्माण, अर्कोतिर कलंकी त्रिपुरेश्वर सडक विस्तार । कलंकी माई मन्दिर क्षेत्रका बासिन्दाले सडक विस्तारको हैरानी व्योहोरेको पनि महिनौ भइसक्यो । पानी परे हिलो र घाम लागे धुलो हुने यो क्षेत्र व्यवस्थित बन्न अझै कति लाग्ने निश्चित छैन । अहिले धुलोले अत्याए पछि कलंकी माई मन्दिर क्षेत्रमा व्यवसाय गर्दै आएका व्यापारिहरुले जुक्ती निकाले । सडक विस्तार र ढल खन्दा भाँचिएको झन्डै एक लेन सडकमा ढुंगाको छेको लगाएर बाटो बन्द गरिदिए । ‘धुलो रोक्न बाटो छेकेको’ माछा राख्न प्रयोग हुने बक्समा सूचना लेखे र सडकमा राखे।

कलंकी माई मन्दिर क्षेत्रदेखि सोल्टी मोडसम्म अहिले विस्तारित सडकको सिमा बाँध्न ढुंगाको पर्खाल लगाउने र ढल ओछ्याउने काम भइरहेको छ। तर भत्काइएको सडकमा कालोपत्रे कहिले हुने हो टुंगो छैन।  धुलो सँधै बुङ्ग, गाडी गुड्दा मात्र नभई साइकल गुडाउदा पनि । थानकोटसम्मकै सडकको अवस्था यस्तै देखिन्छ ।

सडक विस्तारका नाममा यो क्षेत्रमा सडक साँगुरो भइरहेको छ । सवारी चाप धेरै हुने यो क्षेत्रमा ट्राफिक प्रहरीलाई सँधैं सास्ती छ । स्थानीयले राखेको अवरोध हटाउँदै गर्दा झोंकिएका ट्राफिक प्रहरी भन्दै थिए, ‘सडक विस्तारको गुनासो गर्ने हो भने सडक विभाग जानुस्, बाटो छेक्न मिल्दैन।’  

सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
सडक विस्तारले धुलो धेरै भएपछि कलंकीका स्थानीयको धुलो रोक्ने उपाय । तस्बिर: श्रीराम पौडेल/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App