समाज

भक्तपुरको नागपोखरीमा आगलागी

भक्तपुर – भक्तपुरको नागपोखरीस्थित एउटा फर्निचर उद्योगमा आइतबार आगलागी भएको छ । स्थानीय बाबुकाजी शिल्पकारले संचालन गरेको फर्निचर उद्योगमा अचानक लागेको आगोलागीबाट १० लाख बराबरको धनमाल तथा जिन्सी सामानहरूको क्षति भएको प्रहरीले जनाएको छ। 

महानगरीय प्रहरी परिसर भक्तपुरले जनाए अनुसार विहान सवा चार बजे लागेको आगो पाँंच बजे नियन्त्रणमा आएको थियो।

नेपाल प्रहरी, दमकल र स्थानीय बासिन्दाहरुको संयुक्त प्रयासबाट आगो नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता कृष्ण प्रसाईले जनाए । आगोलागी हुँदा काठ चिर्ने मेसिन ३ थान, जेनरेटर १ थान  र काठ जलेर नष्ट भएको जनाइएको छ। 
घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित: २८ माघ २०७४ ०५:३९ आइतबार

भक्तपुरको नागपोखरीमा आगलागी