समाज

विद्यार्थी संगठनले मेडिकल कलेजको अनुगमन गर्ने

काठमाडौं – तीन ठुला विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीले मेडिकल कलेजको अनियमिततावारेमा अनुगमन गर्ने भएको छन्।

बागबजारस्थित अखिल क्रान्तिकारीको कार्यालयमा वसेको ३ ठुला दलको वैठकले मेडिकल कलेज र अन्य नीजि विद्यालयको अनुगमन गर्ने निर्णय गरेका हुन्। 

उक्त अनुगमन देशभर रहेका सबै मेडिकल कलेजमा गरिने क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले वताए । ‘मेडिकल कलेजमा चर्को शुल्क लिइएको, मापदण्ड पुरा नगरेको जस्ता विषय निकै उठेपछि अनुगमन गर्न लागिएको हो,’ तामाङले नागरिकसँग भने, ‘त्यस्तै, नीजि स्कुलको पनि अनुगमन गर्नेर्छौ ।’ उनका अनुसार उक्त अनुगमन पछि कलेजमा नै पुगी सत्यतथ्य सार्वजनिक गरिनेछ। 

विहिवार किष्ट मेडिकल कलेजबाट उक्त अनुगमन सुरु गरिने छ भने लिटिल एन्जेल्स विद्यालयमा पनि अनुगमन गर्न जाने निर्णय तीन विद्यार्थी संगठनले लिएका छन । विद्यार्थी संगठनहरुले मेडिकल कलेजमा अनुगमन गर्न लागेको यो पहिलो घटना हो।

प्रकाशित: २५ माघ २०७४ ०२:३१ बिहीबार

विद्यार्थी संगठनले मेडिकल कलेजको अनुगमन गर्ने