समाज

बैङ्किङ मुद्दामा फरार शाह पक्राउ

बाँके प्रहरीले बैङ्किङ कसुर मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ। कोहलपुर-१० का ५२ वर्षीय चतुर्भज शाहलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको हो।

२०७८ भदौ २३ गते जिल्ला अदालतले उनलाई सात दिन कैदसँगै आठ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।

त्यसपछि फरार रहेका उनलाई शनिवार पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले जनाए ।

व्यक्तिगत रकम अपचलन गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ पुस २०८० ०४:४७ आइतबार

बाँके बाँके प्रहरी बैङ्किङ कसुर फरार पक्राउ चतुर्भज शाह