समाज

किशोरीलाई जबरजस्ती करणी गर्ने एक पक्राउ

किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार १५ बर्सिया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुढानीलकण्ठ नगरपालिका–२ भंगाल डेरा गरी बस्ने उदयपुर घर भएका २४ वर्षीय दिल बहादुर तामाङलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको हो।

तामाङले ती किशोरीलाई  भंगालस्थित कालिका पार्कमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बुढानीलकण्ठबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित: १५ पुस २०८० ०३:५० आइतबार

किशोरी जबरजस्ती करणी अभियोग करणी गरेको अभियोग नेपाल प्रहरी बुढानीलकण्ठ नगरपालिका