समाज

आफ्नै साथीको हत्या गर्ने पक्राउ

काठमाडौं– आफ्नै साथीको हत्यामा संलग्न रहेको अभियोगमा खोटाङको साविक चिसापानी गाविस–९ का ४२ वर्षीय प्रेम खड्का भन्ने राजन कटुवाललाई महानगरीय अपराध महाशाखाको प्रहरीले बुधबार पक्राउ गरेको छ।

केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको सिन्धुलीगढी घर बताउने करीव ४५ वर्षीय एकिन नाम, थर, वतन नखुलेका सानु मगर तथा मोटे नाम गरेका व्यक्ति काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ मुलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा बुधबार मृत फेला परेको घटनाको अनुसन्धानको क्रममा करीव एक महिना अघि आपसमा चिनजान भएका अभियुक्त राजन र सानु दुबैजना राजनको कोठामा भेट भई दुबैबिच विवादको क्रममा हात हालाहाल भएपछि राजनलले सानुलाई लखेटी सडक छेउमा लगेर चिरपट तथा ढुंगाले प्रहार गरी हत्या गरी फरार भएको खुल्न आएको छ।

घटना पश्चात फरार रहेका अभियुक्त राजनलाई उक्त महाशाखाको प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध पठाएको हो।

प्रकाशित: २४ माघ २०७४ १३:१८ बुधबार

आफ्नै साथीको हत्या गर्ने पक्राउ