समाज

मिनीट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

भक्तपुर – भक्तपुरको मध्यपुरथिमि नगरपालिका– ४ चारदोबाटोमा मिनिट्रकको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ । काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २ क ८००६ नंको मिनीट्रकले बाटो काट्दै गरेको पैदलयात्रुलाई आज बिहान ५ बजे  ठक्कर दिँदा उनको मृत्यु भएको हो। 

ठक्करबाट घाइते भएका मध्यपुरथिमि नगरपालिका–५ दुईपोखरी बस्ने ६६ वर्षीय जगतकुमार श्रेष्ठको भक्तपुर अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले जानकारी दिए। 

प्रहरीले मिनीट्रक र चालक काभ्रे जिल्ला सिसाखानी घर भई हाल सूर्यविनायक नगरपालिका–८ जगाती बस्ने २९ वर्षीय प्रेमबहादुुर मोक्तानलाई नियन्त्रणमा लिई प्रहरी वृत्त ठिमीमा राखेर अनुसन्धान भरिरहेको जानकारी दिएको छ। 

प्रकाशित: २४ माघ २०७४ ०५:४३ बुधबार

मिनीट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु