समाज

सरकारले बालकुमारीमा युवाहरुलाई मारेको भन्दै प्रदर्शन (तस्बिरहरु)

शुक्रबार दिउँसो बालकुमारी घटनामा सरकारले युवाहरुलाई मारेको भन्दै प्रदर्शन गरिएको छ।

शनिबार माइतिघर मण्डलामा हेमराज थापा लगायत युवाहरूले शुक्रबार दिउँसो बालकुमारी घटनामा सरकारले युवाहरुलाई मारेको भन्दै प्रदर्शन गरेका हुन्।

शुक्रबार दिउँसो बालकुमारी घटनामा दुई युवाहरुको मृत्यु भएको थियो। ईपिएस भाषा परीक्षा दिन मा गर्दै युवाहरू प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनमा उत्रेका उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेको थिए।

त्योसँगै उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला चढेको गाडी आगजनी गरेका थिए। गाडी आगजनीसँगै बालकुमारी क्षेत्र तनावग्रस्त बनेको थियो।

प्रकाशित: १४ पुस २०८० ०७:३३ शनिबार

बालकुमारी घटना