समाज

अवैध मदिरा ओसारपसार गर्ने पक्राउ

रसुवा – चीनको केरुङबाट रसुवागढी नाका हुँदै नेपाल ल्याइएको अबैध मदिरासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रसुवा जिल्लास्थित आमाछोदिङ्मो गाउँपालिका–३ का श्रीमान तामाङ रहेका छन्। कन्टेनरमा लुकाएर ल्याएको १६ कार्टुन अबैध मदिरासहित मंगलबार साँझ ५ बजे तामाङलाई पक्राउ गरिएको रसुवाका डीएसपी शरतकुमार थापा क्षेत्रीले बताए। 

विशेष सुराकीको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सीमा सुरक्षा टोलीले करिब २८ हजार दुई सय बराबरको मदिरा पक्राउ गरेको हो। पक्राउ परेका तामाङलाई कानुनी कार्बाहीको लागि रसुवागढी भन्सार कार्यालयमा बुझाइएको छ। 

प्रकाशित: २३ माघ २०७४ १५:३६ मंगलबार

अवैध मदिरा ओसारपसार गर्ने पक्राउ