समाज

बालिका करणी गर्नेलाई १० वर्ष कैद

महोत्तरी – तीन वर्षीय अबोध बालिकासंग जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले १० बर्ष कैद र ५० हजार जरिवाना तोकेको छ। न्यायाधीश ब्रजेश प्याकुरेलको इजालासले गौशाला नगरपालिका वडा नं. २ बस्ने १८ वर्षीय कुमार भुजेललाई तीन बर्षीय बालिकासंग जबरजस्ती करणी गरेको अभियोगमा दोषी ठहर गर्दै १० वर्ष सजाय सुनाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश मल्लले बताए। 

भुजेलले यही कात्तिक १६ गते गौशाला नगरपालिका २ स्थित सिताराम लुंगेलीको उखुवारीमा तीन बर्षीय ती बालिकालाई जबरजस्ती करणी गरेको गरेको डीएससी मल्लले बताए । पीडित बालिकाकी आमाले कात्तिक १७ गते इलाका प्रहरी कार्यालय गौशालामा जवरजस्ती करणी मुद्दा दर्ता गराएकी थिइन्। इलाका प्रहरी कार्यालय गौशालाले अभियुक्तलाई कात्तिक १६ गते नै पक्राउ गरी जिल्ला अदालत महोत्तरीमा पेश गरेको थियो। उनलाई मंसिर १३ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। 

प्रकाशित: २३ माघ २०७४ १३:२४ मंगलबार

बालिका करणी गर्नेलाई १० कैद