समाज

सन्दीपलाई कति वर्ष जेल ? २५ गते फैसला हुने

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई जर्बजस्तीकरणी मुद्दामा दोषी ठहर गरेको छ।

न्यायाधीश शिशिरराज ढकालको इजलासले दोषी ठहर गर्दै पुस २५ गते कसुर निर्धारणका लागि पेशी तोकिएको हो।

कानुन अनुसार फौजदारी मुद्दामा दोषी ठहर गर्दै कति वर्ष जेल सजाय वा जरिवाना भन्ने विषयमा कसुर निर्धारणका लागि पछि इजलासमा पेश गर्ने व्यवस्था छ।

प्रकाशित: १३ पुस २०८० १३:३५ शुक्रबार

क्रिकेटर सन्दीप लामिछाने