समाज

प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका थिए युवाहरू

ईपीएस परीक्षाको विषयलाई लिएर युवाहरू रोजगार अनुमति प्रणाली (ईपीएस) को कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका थिए।

सोही भिडलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो। प्रहरीले अश्रुग्यास हानेपछि आक्रोशित बनेका युवाहरुले सार्वजनिक गाडी तोडफोड गरेका थिए। सोही समयमा नै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडी पनि आएपछि उनीहरुले आगजनी गरेको बताइएको छ।

मन्त्री प्रकाश ज्वालालाई गाडीबाट ओरालेर युवाहरुले आगो लगाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। 

प्रकाशित: १३ पुस २०८० ०८:२३ शुक्रबार

अश्रुग्यास ईपीएस परीक्षा