समाज

आज सफा छ मौसम, भोलिदेखि वर्षा र हिमपात

आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

महाशाखाले आज बिहानैदेखि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का देखि मध्यम हुस्स/कुहिरो लागेको बताएको छ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने तथा राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

यस्तो छ आगामी २ दिनको मौसम  

२०८० पुस १४ शनिवार दिउँसोः

सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली, लुम्बिनी र गण्डकी  प्रदेश लगायत देशका बाँकी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  प्रदेश लगायत  कोशी  र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली देखि  सामान्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक– दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

२०८० पुस १५ गते (आइतबार)

दिउँसोः कर्णाली र गण्डकी  प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेश सहित कोशी प्रदेशको पहाडी  भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली, गण्डकी तथा कोशी प्रदेशको पहाडी भू–भागको एक– दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति: देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, बागमती र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रकाशित: १३ पुस २०८० ०१:२७ शुक्रबार

देशका पहाडी भू–भाग पहाडी भू–भाग आंशिक बदली मौसम सामान्यतया सफा मौसम मौसमी प्रणाली हुस्स/कुहिरो हिमपात हल्का वर्षा वर्षा