समाज

ब्रिटिस सेनामा कार्यरत पुर्जाले बनाए वर्ल्ड रेकर्ड

म्याग्दी – म्याग्दी अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन्। ब्रिटिस आर्मीमा कार्यरत कर्पोरल पुर्जाले सगरमाथाको आधार स्तम्भदेखि ८ हजार मिटर अग्लो लोत्से हिमालको चुचुरोसम्म १० घण्टा १५ मिटेटमा आरोहण गर्दै गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल भएका हुन्।

सन् २००३ मा ब्रिटिस आर्मीमा छनौट भएका पुर्जाले संयुक्त अधिराज्य बेलायतको क्याट्रिकस्थित आर्मी ट्रेनिङ सेन्टरबाट आधारभुत तालिमको ज्ञान प्राप्त गरेको उनका दाई कमल बहादुर पुर्जाले बताए। जोखिमपूर्ण यात्रामा रमाउने गर्छ पुर्जाको यो सफलताले उनको परिवारमा खुशीयाली छाएको छ। 

गिनिज बुक अफ वल्र्ड  रेकर्डको अध्ययन टोलीले आरोहणको पुष्टी गरेर उनलाई प्रमाणपत्र समेत प्रदान गरिसकेको छ। उनले हिमालको आरोहण, पदमार्ग तथा जोखिमपूर्ण क्षेत्रमा अभ्यासका क्रममा समेत थुप्रै सम्मान पदक पाइसकेका छन्। 

प्रकाशित: २२ माघ २०७४ १५:०९ सोमबार

ब्रिटिस सेनामा कार्यरत पुर्जाले बनाए वर्ल्ड रेकर्ड