समाज

लाङटाङ खोलामा खसेर गाइड बेपत्ता

रसुवा - लाङटाङ खोलामा खसेर गाइड बेपत्ता भएका छन्। ट्रेकिङको लागि लाङटाङ पुगेका संखुवासभा जिल्ला साबिकको याफू गाविस–९ का ४० बर्षीय पासाङछेन्दी शेर्पा आइतबार बिहान ११ बजेतिर फर्कने क्रममा खोलाबाट खसेर  बेपत्ता भएका हुन्। 

उनी लाङटाङमा जापानी नागरिकको गाइडको रुपमा टे«कमा गएका थिए। उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ।

प्रकाशित: २२ माघ २०७४ १३:०८ सोमबार

लाङटाङ खोलामा खसेर गाइड बेपत्ता